प्रधानमन्त्रीले आज प्रदेश १ को संसद बैठकलाई सम्बोधन गर्ने

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को संसद बैठकलाई सम्बोधन गर्ने भएका छन् । 

शनिबार ११ बजेका लागि तय भएको बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।

प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले प्रधानमन्त्रीले बिहान ११ बजे प्रदेशसभाका सदस्यलाई सम्बोधन गर्ने जानकारी दिए ।

यसअघि प्रधानमन्त्री देउवाले प्रदेश नं ३ र ५ मा सम्बोधन गरिसकेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?