९ माघ २०७८, आईतवार

कानूनभन्दा माथि अाफु नभएको ट्रम्पले स्वीकारे

२०७५,जेष्ठ,२६,शनिवार ०४:२१

0
Shares

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अाफु कानूनभन्दा माथि नरहेको स्वीकारेका छन् । 

अमेरिकी राष्ट्रपतिका रूपमा सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचन अभियानमा भएको भनिएको हस्तक्षेपबारे आफूलाई क्षमा याचना गर्ने ‘पूर्ण अधिकार’ भने आफूमा निहीत रहेको पनि उनले तर्क पेश गरेका छन् ।

क्यानडामा हुँदै गरेकोे औद्योगिक राष्ट्रहरूको समूह जी–७ का सदस्य राष्ट्रहरू संयुक्त अधिराज्य (बेलायत), फ्रान्स, जर्मनी, इटाली, जापान, संयुक्त राज्य अमेरिका, क्यानडा, र सन् १९९८ पछि सदस्य बनेको रूस सम्मिलित शिखर सम्मेलनमा सहभागी हुन जाने क्रममा अमेरिकी राष्ट्रपतिले आफूले प्रसिद्ध मुक्केवाज मुहम्मद अलिलाई मरणोपरान्त क्षमा दिन लागेको सहित केही व्यक्तिलाई क्षमादान दिन लागेको योजना रहेको बताउँदै तर आफैबारे केही नगर्ने बताए । 

ट्रम्पले भने, “म कानूनभन्दा माथि छैन । मैले कोही कानूनभन्दा माथि होस भन्ने पनि कहिल्यै सोचेको छैन । म आफूलाईसमेत क्षमा दिन पाउँछु तर प्रमुख कुरा के हो भने मैले गल्ती गरेकै छैन भने किन माफी माग्ने रु यो सवैलाई थाहा भएकै कुरा हो ।” 

यसअघि गत सोमबार पनि अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको सम्भावित रूसी हस्तक्षेपबारे क्षमा याचना गर्ने ‘सम्पूर्ण अधिकार’ आफूमा निहित रहेको भए पनि गल्ती नै नगरेको व्यक्तिले माफी माग्नु बताएका थिए ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२६,शनिवार ०४:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्ट नियन्त्रणका लागि सरकारद्वारा जारी नियमको विरोधमा हजारौं प्रदर्शनकारीले आइतबार ब्रसेल्समा विरोध प्रदर्शन गरेका छन् । ओमिक्रोनको लहरका

मलेसिया । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदलाई अस्पताल भर्ना गरिएको उनको कार्यालयका प्रवक्ताले शनिबार बताए । ९६ वर्षीय मोहम्मदको राष्ट्रिय हृदय

लन्डन । बेलायतमा ओमिक्रोनको सहप्रजाति देखिएको छ । बेलायतमा गरिएका परीक्षणमा ४०० भन्दा बढी जनामा सहप्रजाति देखिएको हो । ओमिक्रोन

यमन । यमनको सादा नामक सहरमा रहेको एक थुना केन्द्रमा भएको हवाई हमलाको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । सो

ताजा समाचार

भारतबाट हुने आवतजावतमा रोक लगाइयो
 २०७८,माघ,९,आईतवार २०:२४