बारामा कांग्रेस अधिवेशन : सभापतिमा तीन जनाकाे दाबी

लोकपथ
3.4k
Shares

काठमाडाैं । नेपाली कांग्रेसको स्थगित १६ वटा जिल्लाको जिल्ला अधिवेशन यही पुस २७ गते हुने भएको छ । जसअन्तर्गत बारा जिल्लाको अधिवेशन पनि यही २७ गते कलैयामा हुने भएको छ ।

अधिवेशनको रौनकले बारा जिल्लाका कांग्रेसीलाई छपक्कै छोपेको छ । उम्मेदवारी घोषण गर्ने क्रम पनि जारी छ । जसअन्तर्गत अहिलेसम्म सभापतिका लागि ३ जनाले उम्मेदवारी घोषणा गरेका छन् ।

शम्भु बुढाथोकी, रामानन्द यादव र राजेश राय यादवले सभापतिमा उम्मेदवारी घोषण गरेका हुन् ।

तिनै उम्मेदवारहरुले प्यानल बनाएर उम्मेदवारी दिने तयारीमा छन् । सभापतिका दाबेदार शम्भु बुढाथोकीलाई पार्टी सभापति शेरबहादुर देउवा, सहमहामन्त्री फरमुल्लाह मन्सुर, प्रदेश नं २ का उपसभापति चन्द्रशेखर यादव तथा वर्तमान जिल्ला सभापति जयचन्द्र चौरसियाले साथ दिएका ।

अर्का उम्मेदवार रामानन्द यादवलाई शेखर कोइराला टिमले सहयोग गरेको छ । त्यस्तै राजेश राय यादवलाई पूर्वकेन्द्रीय सदस्य राधेचन्द्र यादवको साथ रहेको छ ।

उसो त राजेश राय यादव कलैया उपमहानगर पालिकाको मेयर हुनुको साथै राधेचन्द्रका छोरा पनि हुन् ।

No description available.

उम्मेदारहरुले जित्ने आ–आफ्नै दाबी पेश गरेका छन् । शभ्भु बुढाथोकीले नेपाली कांग्रेसको कार्यकर्ता तथा मतदाता बढाएको, गत स्थानीय निर्वाचनमा पार्टीलाई जित दिलाएको तथा संघीय सासदको निर्वाचनमा विजय दिलाउन अहम् भूमिका खेलेको जस्ता दृष्टान्त पेस गरेका छन् ।

२०६४ सालको निर्वाचनमा बारा क्षेत्र नं. ६ मा कांग्रेसको ५२ सय मत आएकोमा बुढाथोकी २०७० सालमा १२ हजार मत ल्याएका थिए हाल उनी जिल्ला संगठन विभाग प्रमुख पनि छन् ।

अर्कोतर्फ उनलाई बारा क्षेत्र नं. १ का सभापति तथा सिम्रौनगढका मेयर विजयशंकर यादव क्षेत्र नं. ३ का सभापति प्रभात चौरसिया, प्रदेशसभा ४ ‘क’का सभापति सुमन भट्टराई प्रदेश ४ ‘ख’का सभापति लोकेश सिंहसहित जिल्लाका प्रभावशाली नेता कार्यकताको साथ र सहयोग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?