४ माघ २०७८, मंगलवार

शंकास्पद रूसी हवाई आक्रमणबाट सिरियामा मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो

२०७५,जेष्ठ,२६,शनिवार ०४:१२

0
Shares

बेरुत : विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको उत्तरपश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा परी जनाको मृत्यु हुनेको सङ्ख्या ४४ पुगेकोे छ । आक्रमणमा कैयौँ नागरिक सख्त घाइते भएको बताउँदै मृतक सङ्ख्यामा केही वृद्धि हुनसक्ने बताइएको छ । 

शंकास्पद रूसी सेनाले गरेको आक्रमणमा परी ती नागरिकहरूको मृत्यु भएको बेलायतमा कार्यालय रहेको मानव अधिकार अनुगमन समहको कार्यालयले शुक्रबार जनाएको छ । 

उत्तरपश्चिमी इडलिव प्रान्तको जार्डानमा बिहीबार अवेर आक्रमण भएको बताइएको छ । मानवअधिकारवादी अनुगमनकर्ता समूहका अनुसार मारिएका मध्ये पाँच जना बालबालिका रहेका छन् । 

जार्दना इस्लामिक विद्रोहीहरूको कडा नियन्त्रण रहेको ठाउँ हो । त्यहाँ सिरियाको अलकायदाका पूर्व सदस्यहरूको नेतृत्वमा रहेको हायात तहरिर अल साम गठबन्धनको पनि उपस्थिति रहेको छ । 
रातीको सो घटनामा परी दर्जनौ मानिसहरू घाइते भएका र उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । घाइते हुनेमा महिला, बालबालिका, वृद्धवृद्धा तथा उद्धारकर्ताहरूसमेत रहेका छन् । 

गत सन् २०१५ देखि सिरियाका केही क्षेत्रहरूमा रुसले हस्तक्षेप गर्दै आएको छ । सिरियामा भइरहेको युद्धमा परी अहिलेसम्म तीन लाख ५० हजारभन्दा बढीको मृत्यु भएको छ । सिरियामा सन् २०११ देखि सरकार विरोधी प्रदर्शनसँगै विद्रोही गतिविधिहरू सुरु भएका हुन् ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२६,शनिवार ०४:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कोभिड १९ बाट पार पाउन विश्वले संघर्ष गरिरहेका बेला कोभिडको दीर्घकालिन असरबाट विश्वको ठूलो जनसंख्या प्रभावित भएको छ

काठमाडौं । लामो समयदेखि एस्टेरोयड(क्षुद्रग्रह)हरुलाई पृथ्वीका लागि खतराका रूपमा व्याख्या गरिँदै आइएको छ । यदि एस्टेरोयड पृथ्वीसँग ठोक्किए ठूलो प्रकोप

काठमाडौं । अभिनेत्री सामन्था रुथ प्रभु दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री हुन् । उनले गत वर्ष अमेजन प्राइम भिडियोको सुपरहिट

काठमाडौं । दक्षिणी मोरक्कोमा आप्रवासी बोकेको डुंगा दुर्घटना हुँदा कम्तिमा ४३ आप्रवासीको मृत्यु भएको छ । दुर्घटनामा महिला र केही

ताजा समाचार