चीन जाेड्ने तमोर कोरिडोरको ट्रयाक निर्माण अन्तिम चरणमा

धनकुटाबजार : चीनको सिमा अोलाङचुङगोला जोड्ने तमोर कोरिडोरको ट्रयाक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । धनकुटाको मूलघाटबाट खन्न शुरू गरिएको यो सडक ताप्लेजुङ हुँदै नेपाल चीन सिमाना अोलाङचुङगोलासम्म विकास गरिँदैछ । 

तमोर कोरिडोर निर्माणका लागि तीनवटा ब्लकमा धनकुटा, पाँचथर र ताप्लेजुङबाट निर्माण अघि बढार्इएको छ । करिब १ सय ८० किलोमिटर लम्बार्इको यो सडक धनकुटाको साँगुरीगढी गाउँपालिका-२ देखि पाँचथरको लुबुघाट-माझीटार-ताप्लेजुङ छिचोलेर अोलाङचुङगोलासम्म पु-यार्इँदैछ । यो सडकखण्डमा विभिन्न अाकारका १० वटा पूल बनार्इने सडक विभागले जनाएको छ । 

शुरूमा धनकुटालार्इ ताप्लेजुङलार्इ सडक सञ्जालबाट जोड्न यो सडक निर्माण शुरू गरिएको थियो । पूर्व सभासद हेमराज भण्डारीले २०६५ सालमा सांसद विकास कोषको ८ लाख रूपैयाँ रकम हालेर यो सडक निर्माण शुरू गराएका थिए । त्यतिखेर यो सडक उपभोक्ता समिती गठन गरि निर्माण थालिएको थियो । 

डा. बाबुराम भट्टरार्इ अर्थमन्त्री रहँदा यो सडक निर्माणका लागि ५० लाख रूपैयाँ रकमान्तर गरेका थिए । अावश्यक बजेट विनियोजन भएपछि यो सडक विस्तारका लागि सडक डिभिजन कार्यालय धनकुटाबाट सडकको विस्तृत सर्भे गरि काम अघि बढार्इएको थियो । २०६७ सालमा यो सडकलार्इ राष्ट्रिय गाैरवको प्राथमिकताप्राप्त अायोजना घोषित गरि निर्माण अघि बढार्इएको थियो । 

भारत र चीनलार्इ जोड्ने सवैभन्दा छोटो सडकका रूपमा तमोर कोरिडोरलार्इ विकास गर्न लागिएको सरकारले दाबी गरेको छ । यो सडक निर्माणको काम हाल मध्यपहाडी लोकमार्ग विकास अायोजनाबाट अघि बढार्इएको छ । यो सडकलार्इ मूलघाटबाट छिन्ताङको त्रिवेणी पु-यार्इ दुधकोशीको किनारै किनार उदयपुरको घुर्मीमा पु-यार्इनेछ । यो सडकले पूर्वी पहाडका ७ जिल्लालार्इ एउटै सडक सञ्जालमा जोड्नेछ । 

यो सडक निर्माण गर्न अहिलेसम्म ४० करोड रूपैयाँ खर्च भएको मध्यपहाडी सडक अायोजनाले जानकारी दिएको छ । यो सडक निर्माण सम्पन्न भएपछि भारततर्फ जोगबनी नाका र चीनतर्फ तिब्बतस्थित रियु व्यापारिक केन्द्रसँग नेपाल जोडिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?