बर्खा लाग्यो, मनसुनी बादल केहि दिनमै देशभर फैलँदै

काठमाडाैं : बंगालको खाडीबाट अाएको मनसुनी बादल भित्रिएसँगै नेपालमा बर्खायाम शुरू भएको छ । जल तथा माैसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार नेपालको पूर्वी क्षेत्रमा मनसुन सुरू भएको छ । 

अक्सर जुन १० तारिखमा मनसुनी बादल नेपाल प्रवेश गर्ने भएपनि यो बर्ष दुर्इदिन अघि नै झापा, मोरङ लगायतका पूर्वी जिल्लाहरूमा मनसुनी झरी शुरू भर्इसकेको छ । नेपालमा जुनदेखि सेप्टेम्बको मध्यसम्म अर्थात करिब ४ महिनासम्म मनसुनी झरी पर्नेगर्छ । 

माैसम पूर्वानुमान महाशाखाका अनुसार यो बर्ष देशका प्राय:सबै भूभागमा बर्षा हुने संकेत मिलेको छ । बर्खायाममा नेपालमा धान, कोदो र तरकारी खेती गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?