सिमेन्ट बोकेको ट्रक त्रिशुलीमा खस्दा चालकसहित दुई बेपत्ता

धादिङ – सिमेन्ट बोकेर काठमाडाैंतर्फ गर्इरहेको ना ५ ख ३४१५ नम्बरको ट्रक त्रिशुली नदीमा खस्दा चालकसहित दुर्इ जना बेपत्ता भएका छन् । 

पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट-रोराङ गाउँपालिकामा पर्ने जोगीमाराको भीरबाट शुक्रबार राती ट्रक त्रिशुलीमा खसेको हो । सो ट्रक चलार्इरहेका टोप बहादुर श्रेष्ठ र तुलसी दुलाल हरार्इरहेको प्रहरीले जानकारी दिएको छ । सडकबाट ९० फिट तल खसेको ट्रक त्रिशुली नदीभित्र डुबेको छ । 

बेपत्ताहरूको खोजी कार्य भर्इरहेको प्रहरीले जनाएको छ । तर, माथिल्लो भेगमा भर्इरहेको बर्षाका कारण निरन्तर नदीको सतह बढ्दा खोजी र उद्दार कार्यमा समस्या थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?