४ माघ २०७८, मंगलवार

शेयरमा लगानी गर्न खोज्दै हुनुहुन्छ ? ११ अर्बको शेयर किन्ने अवसर छ

२०७५,जेष्ठ,२६,शनिवार ०२:३२

0
Shares

काठमाडाैं : तपार्इसँग लगानीयोग्य रकम छ र त्यसलार्इ धितोपत्र (शेयर) बजारमा लगानी गर्न चाहनुहुन्छ भने तत्काल ११ अर्ब रूपैयाँभन्दा बढि रकम बराबरको शेयर बिक्री खुल्ला हुँदैछ । 

विभिन्न वित्तीय संस्थाहरूले अार्इपीअो (साधारण शेयर) र उस्तै प्रकृतिको एफपीअो (फर्दर पब्लिक अफरिङ) ल्याउँदैछन् । लगानी जुटाउन र चुक्ता पूँजी बृद्दि गर्न कम्पनीहरूले ल्याउने यो शेयर खरिदको माैकालार्इ तपाइँ उपयोग गर्न सक्नुहुन्छ । तर, शेयरबजारबारे अाधारभूत जानकारी चाहिँ तपार्इँले लिनैपर्छ । पूँजीबजारबारे कुनै जानकारी नलिर्इ गरिने लगानीले समस्यामा पार्न सक्छ । 

केहि समयभित्रै नेपालको पूँजीबजारमा ५ करोड ६० लाख ३८ हजार ८४७ कित्ता अार्इपीअो र एफपीअो बिक्री खुल्दैछ । अन्य १५ कम्पनीले अार्इपीअो जारी गर्न धितोपत्र बोर्डसँग अनुमति कुरेर बसेका छन् । 

तत्काल सिटिजन्स बैंकले ४ लाख ६३ हजार ८२६ कित्ता एफपीअो बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । हाल पूँजीबजारमा यो बैंकको प्रतिकित्ता शेयर मूल्य २५० रूपैयाँ हाराहारीमा छ । तर, एफपीअो जारी गर्दा खरिदकर्ताले केहि सस्तोमै यो कम्पनीको शेयर किन्न पाउनेछन् । 

४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविधुत अायोजनाले पनि सर्वसाधारण र अायोजनाप्रभावित स्थानीयलार्इ २ करोड ६४ लाख ७५ हजार कित्ता शेयर बेच्दैछ । प्रतिकित्ता एक सय रूपैयाँका दरमा यो शेयर किन्न पार्इनेछ । अायोजनाले  २ अर्ब ६४ करोड ७५ लाख रूपैयाँ बराबरको साधारण शेयर बेच्न लागेको हो ।  

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीअो बेच्न धितोपत्र बोर्डसँग अनुमति कुरेर बसेको छ । नेपाल बैंकको प्रतिकित्ता एफपीअो किन्न २ सय ८० रूपैयाँ खर्च गर्नुपर्छ ।

एनएमबी बैंक, सिटिजन्स बैंक र नेपाल बैंक पनि तत्काल एफपीअो निस्कासन गर्ने लार्इनमा छन् । यी बैंकहरूले २ करोड ९५ लाख ६३ हजार ८४७ कित्ता एफपीअो बेच्न लागेका हुन् । एनएमबी बैंकले शेयर बिक्रीका लागि अाब्हान पत्र समेत जारी गरिसकेको छ । एनएमबी बैंकको शेयर किन्न ३ सय ३३ रूपैयाँ खर्च गर्नुपर्नेछ । किनकि, बैंकले अंकित मूल्य सय रूपैयाँमा प्रिमियम थपेर एफपीअोको मूल्य ३ सय ३३ रूपैयाँ पु-याएको छ । 
 

प्रकाशित मिति: २०७५,जेष्ठ,२६,शनिवार ०२:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र चितवनको भरतपुर स्थितचितवन मिडटाउन रिर्सोट प्रा.लि.बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको सद्भावना दुत (ब्राण्ड एम्बेसडर) मा कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगको सम्झौतालाई निरन्तरता

काठमाडौं । हिमालयन बैंक लिमिटेडको उनन्तीसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा शुक्रबार सम्पन्न भएको हो ।

ताजा समाचार