१३ मङ्सिर २०८०, बुधबार

ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते

२०७४,आश्विन,२५,बुधबार ०९:५१

0
Shares

पोखरा, २५ असोज ।पोखरा–लेखनाथ महानगरपालिका–६ लेकसाइडमा आज दिउँसो एक घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।विस्फोटबाट घरधनी प्रतिज्ञा पाण्डे र चालक विकास नेपाली गम्भीर घाइते भएका छन् । दुबै जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले बताए ।प्रतिज्ञा पाण्डेको घरमा रहेको खाना पकाउने एलपी ग्यास नबलेपछि के भएर ग्यास बलेन भनेर सोधेपुछ गर्दा नजिकै रहेका चालक विकास नेपालीले लाइटरबाट ग्यास सल्काउन खोज्दा एकैचोटि विस्फोट हुन पुगेको प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिए । विस्फोटबाट दुवै जनाको हात, खुट्टा र अनुहारमा आगोले पोलेको बताइएको छ । 

प्रकाशित मिति: २०७४,आश्विन,२५,बुधबार ०९:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८