राजधानीमा हैजा देखियो

काठमाडौँ– शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा झाडापखालाको उपचार गराउन आएका एक बिरामीमा हैजा देखिएको छ ।

अस्पताल स्रोतका अनुसार रोगीको नमुनालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुनः परीक्षण गर्दा हैजा नै भनी किटान भएको हो।

यो मौसममा यसअघि हैजा देखिएको थिएन। ‘करिब ५० वर्षको इतिहास हेर्दा सामान्यतस् मुलुकमा हैजा डेढ–दुई महिनापछि देखिनुपर्ने हो,’ सरुवा रोग अस्पतालका डा।शेरबहादुर पुन भन्छन्, ‘यसपटक भने समयअगावै हैजा देखिएकाले खानपानमा विशेष चनाखो हुन आवश्यक छ।’ राजधानीमा बर्सेनि निरन्तर हैजा देखिने गरेको छ।

अनियन्त्रित रूपमा चौलानीजस्तो पातलो दिसा हुने रोगलाई बोलीचालीमा झाडापखाला ९डाइरिया० भनिन्छ भने रोगीको पखालामा ‘ब्याक्टेरियम भिब्रियो कोलेरी’ नामक ब्याक्टेरिया जीवाणु देखियो भने त्यसलाई हैजा भनिन्छ। भिब्रियो कोलेरीबाट संक्रमित दूषित खाना वा पानी खाँदा कुनै पनि व्यक्तिलाई हैजा हुन सक्छ। कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?