ललितपुरमा बर्डफ्लू भेटियो

काठमाडौं ।  काठमाडौंको धर्मस्थली आसपास क्षेत्रमा बर्डफ्लू भेटिएको केहि साता बित्न नपाउँदै ललितपुरमा पनि बर्डफ्लू भेटिएको छ ।
ललितपुरको गोदावरी–४ बडिखेल र बिसन्खुनारायण–२ महादेव डाँडा क्षेत्रमा पालिएको कुखुरामा बर्डफ्लू भेटिएको हो ।
देशका विभिन्न स्थानमा बेलाबेलामा बर्डफ्लूको संक्रमण भेटिने  गरेको छ । चिकित्सकहरुले बर्डफ्लूबाट बच्न सावधानी अपनाउन आग्रह गर्दै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?