बार्सिलोनाको टोरेस र पेड्री कोरोना संक्रमण

लोकपथ
104
Shares

काठमाडौं । स्पेनिस ला लिगा क्लब बार्सिलोनाका फेरान टोरेस र पेड्रीलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट सरुवा भएका फेरान टोरेस र मिडफिल्डर पेड्री छन् । दुवै स्पेनिस राष्ट्रिय टोलीका सदस्य हुन् ।

ला लिगाअन्तर्गत शनिबार रियाल मायोर्काविरुद्ध १-० को जित निकाल्दा बार्सिलोनाका १७ खेलाडी उपलब्ध थिएनन् । पछिल्लो समय क्याटलान क्लबमा १० जना कोभिड संक्रमितछन् ।

बार्सिलोनाले जारी विज्ञप्तिमा दुबै खेलाडीको स्वास्थ्य अवस्था सामान्य रहेको र आइसोलेसनमा बसिसकेको उल्लेख गरेको छ । बार्सिलोनाले बुधबार कोपा डेल रे अन्तर्गत लिनारेस र ला लिगाअन्तर्गत शनिबार ग्रानाडाविरुद्ध मैदान उत्रँदै छ ।

लिगमा १९ खेलबाट ३१ अंक जोडेको बार्सिलोना पाँचौँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?