२ माघ २०७८, आईतवार

पाकिस्तानको निर्वाचन तालिका परिवर्तन

२०७५,जेष्ठ,२५,शुक्रवार १५:३४

0
Shares

इस्लामावाद – पाकिस्तानको निर्वाचन आयोगले पूर्वघोषित निर्वाचन तालिका परिवर्तन गरेको छ ।

आम निर्वाचनको कार्यतालिका परिवर्तन गरेपनि मतदान हुने दिन भने परिवर्तन नगरिएको आयोगका अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

नयाँ तालिका अनुसार यही जुन ११ तारिख सम्म नेताहरूले उम्मेदवारी दर्ता गर्न पाउने भएका छन् ।

त्यसैगरी जुन १४ देखि १९ सम्म उम्मेदवारीपत्र माथी छानविन हुने तालिका छ भने २२ तारिख सम्म उम्मेदवार विरुद्ध दावी विरोध गर्न पाइने तालिका बनाइएको छ ।

जुन २९ मा उम्मेदवारी फिर्ता लिने र ३० तारिखमा निर्वाचन चिन्ह दिने निर्वाचन आयोगले जनाएको छ । मतदान भने जुलाई २५ का दिन हुनेगरी तय गरिएको छ ।

यसैबीच पाकिस्तानका पूर्व प्रधानमन्त्री नजाज सरिफले पूर्व सैनिक शासक जनरल परवेज मुसरफलाई ससर्त निर्वाचन लड्न दिने सङ्केत आएको भन्दै यसको विरोध गर्नुभएको छ ।
राजद्रोह जस्तो गम्भीर प्रकृतिको मुद्धा लागेका मुसरफलाई ससर्त उम्मेदवार बन्न पाउने व्यवस्था गरिएमा यो पाकिस्तानको संविधान विपरीत हुने उहाँले बताउनुभएकोे छ ।

पाकिस्तानको सर्वोच्च अदालतले पेशावार उच्च अदालतको फैसलाको पुनरावलोकन गर्न मुसरफलाई यही जुन १३ मा अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२५,शुक्रवार १५:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी हप्ता मस्कोमा आफ्ना इरानी समकक्षी इब्राहिम रायसीसँग वार्ता गर्ने भएका छन् । दुई नेताबीचको भेटवार्ताबारे

कोभिड–१९ सङ्क्रमण दरमा आएको वृद्धिपछि तमिलनाडु सरकारले जनवरी ३१ सम्म उक्त राज्यका सबै विद्यालयहरूमा पठनपाठन बन्द गर्ने घोषणा गरेको छ

काठमाडौं । अमेरिकाको टेक्सास राज्यको डलास शहरमा बन्धक बनाइएका चार जनालाई मुक्त गराइएको छ । कोलिविलको यहुदीको पूजा स्थल सिनगोगमा

नयाँ दिल्ली । भारतमा कोभिड ग्राफ निरन्तर उकालो लागेको छ । पछिल्लो २४ घन्टामा लाख ७१ हजार जनामा संक्रमण देखिएको

ताजा समाचार

हतियारसहित एक युवक पक्राउ
 २०७८,माघ,२,आईतवार २०:०९
कोरोना संक्रमणमुक्त भए प्रचण्ड
 २०७८,माघ,२,आईतवार १९:४६