११ आश्विन २०७९, मंगलवार

ट्रम्पले भने -मैले गल्ती गरेकै छैन भने किन माफी माग्ने ?

२०७५,जेष्ठ,२५,शुक्रवार १५:२९

0
Shares

वासिङ्टन – आफू ‘कानूनभन्दा माथि नभएको’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार बताउनुभएको छ ।
तर अमेरिकी राष्ट्रपतिका रूपमा सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचन अभियानमा भएको भनिएको हस्तक्षेपबारे आफूलाई क्षमा याचना गर्ने ‘पूर्ण अधिकार’ भने आफूमा निहीत रहेको उहाँले दोहोराउनु भएको छ ।
क्यानडामा हुँदै गरेकोे औद्योगिक राष्ट्रहरूको समूह जी–७ का सदस्य राष्ट्रहरू संयुक्त अधिराज्य (बेलायत), फ्रान्स, जर्मनी, इटाली, जापान, संयुक्त राज्य अमेरिका, क्यानडा, र सन् १९९८ पछि सदस्य बनेको रूस सम्मिलित शिखर सम्मेलनमा सहभागी हुन जाने क्रममा अमेरिकी राष्ट्रपतिले आफूले प्रसिद्ध मुक्केवाज मुहम्मद अलिलाई मरणोपरान्त क्षमा दिनलाएकोसहित केही व्यक्तिलाई क्षमादान दिन लागेको योजना रहेको बताउँदै तर आफैबारे केही नगर्ने बताउनुभयो ।
ट्रम्पले भन्नुभयो, “म कानूनभन्दा माथि छैन । मैले कोही कानूनभन्दा माथि होस भन्ने पनि कहिल्यै सोचेको छैन । म आफूलाईसमेत क्षमा दिन पाउँछु तर प्रमुख कुरा के हो भने मैले गल्ती गरेकै छैन भने किन माफी माग्ने ? यो सवैलाई थाहा भएकै कुरा हो ।”

यसअघि गत सोमबार पनि अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको सम्भावित रूसी हस्तक्षेपबारे क्षमा याचना गर्ने ‘सम्पूर्ण अधिकार’ आफूमा निहित रहेको भए पनि गल्ती नै नगरेको व्यक्तिले माफी माग्नु नपर्ने बताउनुभएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटर सन्देशमा लेख्नुभएको थियो, “कैयौँ कानूनविदहरूले मलाई क्षमा याचना गर्ने ‘सम्पूर्ण अधिकार’ निहित छ भन्ने सल्लाह दिएको भएपनि मैले गल्ती नै नगरेको अवस्थामा किन माफी माग्ने ?”

उहाँका वकील रूडी गिलानीले पनि अमेरिकी कानूनले राष्ट्रपतिलाई क्षमादान गर्ने शक्तिको व्यवस्था गरेको छ तर यो गर्र्दा ‘कठीन’ राजनीतिक जटिलता आउनसक्ने बताउनुभएको थियो ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२५,शुक्रवार १५:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१ निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने, आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबै पक्षलाई प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको आग्रह

काठमाडौं। अमेरिकाको विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो बुधवार नेपाल आउने भएकी छिन् । उनी नेपालसहित युएई, उज्वेकिस्थान

टोकियो । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टि सुरु हुँदा हजारौं प्रदर्शनकारीहरू भेला भएका छन्। आबेको अन्तेष्टिमा सहभागी हुन् विश्वभरका

प्योङयाङ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले यस हप्ताको अन्त्यमा दक्षिण कोरियाको भ्रमणका क्रममा असैनिकृत क्षेत्रको भ्रमण गर्ने भएकी छिन् ।

ताजा समाचार

दुर्गममा किन खुलेनन् सुपथ मूल्यका पसल ?
 २०७९,आश्विन,११,मंगलवार २१:३०
आज दिनभरका मुख्य खबरहरू (भिडियाेसहित)
 २०७९,आश्विन,११,मंगलवार २०:४४