काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारहरूको नाम टुङ्गो लगाएको छ ।
माओवादीका अध्यक्ष प्रचण्ड मंगलबार बिहान राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारहरूको टुङ्गो लगाएका हुन् ।
माओवादीले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकी प्रदेशमा सुरेश आलेमगर (अन्य समूह) र भरत सुनार (दलित), कर्णाली प्रदेशमा नरबहादुर विष्ट (अपाङ्गरअल्पसङ्ख्यक) र सुदूरपश्चिम प्रदेशमा जगत पार्की (दलित)लाई उम्मेदवार बनाएको हो ।
सोमबार बसेको माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रियसभा सदस्यका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।
आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया