तस्करीकाे सुनको लगानीकर्ताको घरमा भेटियो १० तोला सुन !

काठमाडौं – विमानस्थल हुँदै भएको  साढे ३३ किलो तस्करीको सुनका लगानीकर्ता भनिएका एमके अग्रवालको घरमा छापा मारेर प्रहरीले  ३० लाख नगदसहित १० तोला सुन बरामद गरेको छ ।

कालिकास्थानस्थित अग्रवालको घरमा प्रहरीले शुक्रबार  छापा छापा मारेको हो ।

अग्रवालको घरबाट दर्जनौं बैंकका चेकसहित कागजपत्र, १२ वटा गाडीका चाबी, एउटा गाडी, केही ल्यापटप र कम्प्युटर बरामद पनि  गरेको बताइको छ ।

छापा मारेपछि अग्रवालको घरमा छानबिन समितिले नयाँ ताल्चा लगाएको छ । अग्रवाल भने फरार छन् ।

३३ किलो सुन प्रकरण र सनम शाक्य हत्या प्रकरणमा प्रहरीले उनीसहित ६३ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?