काठमाडौं । जुवाओ माउटिन्होको निर्णायक गोलमा उल्भसले इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई १-० ले स्तब्ध पारेको छ ।
ओल्ड ट्र्राफोर्डमा खेलको सुरुआतबाटै युनाइटेडमाथि उल्भसले दबाब बनाए पनि अग्रता लिन सकेन ।
८२औँ मिनेटमा माउटिन्होले गरेको गोल उल्भसको लागि तीन अंक बन्यो । खेलपछि युनाइटेड १९ खेलमा ३१ अंकसहित तालिकाको सातौँ स्थानमा छ । उल्भस समान खेलमा २८ अंक जोड्दै आठौं स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया