९ माघ २०७८, आईतवार

प्रजातन्त्रको आवरणमा सरकारले सर्वसत्तावाद लाद्न खोज्योः कमल थापा

२०७५,जेष्ठ,२५,शुक्रवार १४:१२

9
Shares

हेटौँडा । राप्रपाका अध्यक्ष कमल थापाले संविधान र संसदीय प्रजातन्त्रको आवरणमा वर्तमान सरकारले मुलुकमा सर्वसत्तावाद लाद्न खोजेको आरोप ल‌गाएका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनद्वारा आज हेटौंँडामा आयोजित ३ नं. प्रदेशस्तरीय युवा प्रशिक्षण शिविरको उद्घाटन गर्दै उनले करीब दुई तिहाइ बहुमत पाएको दम्भमा सरकार क्रमिक रुपमा अधिनायकवादतर्फ उन्मुख रहेको दोषारोपण गरे ।

उनले आगामी फागुनभित्र पार्टीले हिन्दू राज्य पुनःस्थापनाका लागि आन्दोलनको तयारी थालेको जानकारी पनि दिए । अध्यक्ष थापाले फौजदारी मुद्दा लागेका प्रतिनिधिसभाका सदस्यलाई पदबाट निलम्बन नगर्ने भनी संसदको नियमावली आज पारित गरिँदा देशमा राजनीतिक अपराधीकरण बढ््न जाने विचार व्यक्त गरे ।

राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले मुलुकमा बाह्य शक्तिको हस्तक्षेप निस्तेज पार्न सबै प्रजातान्त्रिक शक्ति एक जुट हुनुपर्ने बताए । यही जेठ २६ गतेसम्म चल्ने शिविरमा ३ नं प्रदेशअन्तर्गत १३ जिल्लाका युवा संगठनका अध्यक्ष, सचिव, क्षेत्रीय प्रतिनिधि र जिल्ला सचिव गरी २९५ प्रतिनिधिको सहभागिता रहेको राप्रपाका सहायक महामन्त्री राजराम बर्र्तौलाले जानकारी दिए ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२५,शुक्रवार १४:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सत्तारुढ गठबन्धनबीच संविधानसँग बाझिएका कानुनमा संशोधन गरेर नयाँ चुनाव गराउने सहमति भएको छ । यस सहमति सँगै आगामी वैशाखका लागि

मधेस सरकारले प्रदेशको नाम र स्थायी राजधानीबारेको सूचना राजपत्रमा पुन : प्रकाशन गरेको छ । प्रदेशको नाम र स्थायी राजधानी

सत्ता गठबन्धनका पाँच दलले माघ १२ गते हुन गएको राष्ट्रिय सभाको निर्वाचनमा गठवन्धनका उम्मदवारलाई विजयी बनाउन संयुक्त अपिल जारी गर्ने

कानुनविद्हरुले स्थानीय तहको निर्वाचनबारे संविधानसँग बाझिएका सबै कानुन संशोधन गर्न सत्तारुढ दलहरुलाई सुझाव दिएका छन् । सत्तारुढ पाँचदलीय गठबन्धनले आईतबार

ताजा समाचार

भारतबाट हुने आवतजावतमा रोक लगाइयो
 २०७८,माघ,९,आईतवार २०:२४