९ माघ २०७८, आईतवार

नुवाकोट गोल्डकपः थ्रीस्टार क्लब र नेपाल पुलिस क्लब भिड्ने

२०७५,जेष्ठ,२५,शुक्रवार १४:०६

0
Shares

त्रिशूली । यहाँ जारी ‘प्रथम नुवाकोट गोल्डकप’को फाइनलमा पुगेका थ्रीस्टार क्लब र नेपाल पुलिस क्लब उपाधि जित्ने तयारीमा छन् । 

बट्टार क्याम्पस खेल मैदानमा आज आयोजित पत्रकार सम्मेनलमा फाइनलमा पुगेका दुवै टोलीले आफूलाई उपाधिको दावदारका रुपमा सोचेर खेल रणनीति तयार पारिरहेको बताए । उपाधि जित्नका लागि टोलीले नीतिभित्र रहेर पर्याप्त खेल कौशल प्रयोग गर्दैै खेल्ने नेपाल पुलिसका प्रशिक्षक अनन्त थापाले बताए । “फाइनल गेम जित्ने सम्भावना ५०/५० प्रतिशत हो”, थापाले भन्नुभयो, “थ्रीस्टार पनि कमजोर टिम होइन, हामी पनि कम छैनौंँ ।” 

थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले जसले बढी मेहनत गर्न सक्छ उपाधि उसैले जित्ने बताए । “फाइनलमा दुवै टिमको ५०÷५० प्रतिशत नै सम्भावना हो । मैदानमा जसले बढी अवसर सिर्जना गर्न सक्छ, उसैले उपाधि उचाल्छ”, केसीले बताए ।

जिल्ला खेलकुद विकास समिति नुवाकोटका अध्यक्ष तथा प्रतियोगिताका संयोजक बुद्धि प्रधानले पहिलो पटक प्रतियोगिता आयोजना गरिएकाले व्यवस्थापनमा धेरै कमजोरी रहे पनि आगामी दिनमा सुधारिने बताए ।

शनिबार हुने फाइनलमा उपाधि जित्नेले रु पाँच लाख तथा उपविजेताले रु तीन लाख पुरस्कार पाउनेछन् । जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका थिए । 

प्रकाशित मिति: २०७५,जेष्ठ,२५,शुक्रवार १४:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पाँच पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै कीर्तिमानी ६ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब आहा–रारा

काठमाडौं । दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्न मौरिससको टिम सोमबार नेपाल आइपुग्ने भएको छ । अखिल नेपाल फुटबल संघ

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा पाकिस्तानलाई सेमिफाइनलसम्मको यात्रा तय गराएका मोहम्मद रिजवान ‘आईसीसी पुरुष टी-२० प्लेयर अफ दि इयर २०२१’

काठमाडौं । कीर्तिमानी २१औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका राफेल नाडाल अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आइतबार

ताजा समाचार

भारतबाट हुने आवतजावतमा रोक लगाइयो
 २०७८,माघ,९,आईतवार २०:२४