काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि फिनल्याण्डका राजदूत जोर्मा सुभान्तोले बिदाइ भेट गरेका छन् ।
राष्ट्रपति भवन, शीतलनिवासमा आज भएको भेटमा नेपाल र फिनल्याण्डबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिए । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको समेत उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया