माधव वाग्लेको चंगाचेट भदौ १५ मा?

काठमाडौं । निर्माता माधव वाग्लेलाई नक्कली नोक प्रकरणमा प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । जुन फिल्मका लागि उनले नक्कली नोट छापेका थिए, त्यही फिल्मले रिलिज मिति तय गरेको छ ।

फिल्मका निर्देशक दीपेन्द्र के खनालका अनुसार यो चलचित्र आउँदो भदौ १५ गते रिलिज हुँदैछ । थुनामा रहेका माधव वाग्लेले आफैले फिल्म हेर्न पाउलान् या नपाउलान् भन्ने अन्यौल छाएको छ यतिबेला ।
छायांकन सकेको केही समयमा फिल्मका निर्माता वाग्ले पक्राउ परेका थिए । फिल्मको पोस्ट प्रोडक्सन भइरहेको छ । यो फिल्ममा आुयुष्मान देशराज जोशी, प्रियंका कार्की, सन्दीप क्षेत्री, सुरक्षा पन्त, रविन्द्र झा लगायतका कलाकारले अभिनय गरेका छन् ।

निर्माण टिमले केही दिनपछि फिल्मको एक गीत सार्वजनिक गर्दैछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?