नेकपा एमालेले राष्ट्रियसभा सदस्यका लागि १९ जना उम्मेदवारको नाम टुङ्गो लगाएको छ । सोमबार तुलसीलाल आमात्य प्रतिष्ठानमा बसेको एमाले बैठकले उम्मेदवारहरुको नाम टुङ्गो लगाएको हो ।
एमालेले प्रदेश १ बाट देवराज घिमिरे, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पालाई, प्रदेश २ बाट असर्फी यादव, विना र साहलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।
त्यसैगरी बागमती प्रदेशमा गोपाल शाक्य र निरकुमारी कुँवरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने गण्डकी प्रदेशमा गोविन्द बहादुर नेपाली, लीला पोखरेल थनेत र पुण्यप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ ।
यसैगरी लुम्बिनी प्रदेशमा कृष्णबहादुर सुनार, भारती खनाल र रामदयाल गुप्ता र कर्णाली प्रदेशबाट पदमबहादुर माझी, जमुना थापा र चूडामणि शर्मालाई राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया