‘दर्नाल अवार्ड’ सरस्वती नेपालीलाई

काठमाडौँ । यस वर्षको ‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय ‘दर्नाल अवार्ड’ बैतडीकी अभियन्ता सरस्वती नेपालीलाई प्रदान दिइने भएको छ । 

दलित समुदायका लागि सामाजिक न्यायको क्षेत्रमा सरस्वतीले पु¥याएको योगदानको मुल्यांकन गर्दै सन् २०१८ को अवार्ड उहाँलाई प्रदान गर्न लागिएको सरिता परियार ट्रष्ट फण्डले आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । 

आगामी अगष्ट १५ मा रु पाँच लाख राशिको उक्त अवार्ड प्रदान गरिने ट्रष्टकी अध्यक्ष सरिता परियारले बताए ।

बैतडीकी सरस्वतीले सुदूरपश्चिम क्षेत्रमा रहेर लामो समयसम्म सामाजिक विसंगति, अन्यायविरुद्ध न्यायका लागि संघर्ष गर्दै अाएका छन् ।

‘सामाजिक न्यायका लागि अन्तराष्ट्रिय दर्नाल अवार्ड’ सामाजिक रूपान्तरणका लागि सामाजिक अगुवा सुभास दर्नालको सम्झनामा स्थापित अन्तर्राष्ट्रियस्तरको पुरस्कार हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?