सिटिजन्स बैंकको यस्तो बदमासी ः– हजारको नोटभित्र हजारकै टुक्रा टाँसेर ग्राहलाई ठगी

काठमाडौं । न्यूरोड खिचापोखरीस्थित सिटिजन्स बैंकको शाखा कार्यालयबाट झिकिएको एकलाखको गड्डी भित्र एकहजारको १० वटा च्यातिएका नोटहरु फेला परेका छन् । 

च्यातिएको नोटहरु गड्डीभित्रकै अर्को नोटसंग सेतो टेपले टाँसेर राखेको अवस्थामा फेला परेका हुन । नगदको गड्डीमा सिटिजन्स बैंकको छाप र स्टिकर लगाइएको छ । 

सातलाखको चेक साट्न दिउँसो बैंक पुगेकी न्यूरोड बटुकी ब्यापारी पवित्रा रिमालले बंैकले ठगी गर्ने नियत अनुसार मेसिनमा गणना गर्दा समेत च्यातिएको नोट नदेखाएको बताइन । 

बैंकको मेसिनले गन्दा त देखाएन, हातले गन्दा के फेला पथ्र्यौ र उनले बैंकप्रति आक्रोस पोख्दै भनिन–यो बैंकको मदमासी हो । 

अर्कोलाई दिन भनेर झिकिएको सातलाखको नगद गड्डी मध्ये उउटा गड्डीभित्र यस्तो समस्या देखिएको हो । 

नगद गन्ने क्रममा एउटा हजारको नोटमा सेतो स्टिकर टाँसेको देखापरेपछि खोतलेर हेर्दा अन्य हजार–हजारको सद्दे नोटसंगै बीच–बीचमा अर्को च्यातिएको नोटको अर्ध कट्टी टाँसेको अवस्थामा फेला परेको थियो । 

सिटिजन्स बैंकले भने एनआइसी एसियाबाट सिलछाप सहित बैंकमा आएको उक्त नगद ग्राहकलाई दिएको बताएको छ । 

सिटिजन्स बैंक खिचापोखरीका प्रमुख अखिल देवकोटा घटनाको सम्वन्धमा केही बोल्न चाहेनन् । यसअघि पनि सो बैंकबाट सटही गरिएको हजारको गड्डीभित्र नक्कली नोटहरु फेला पर्ने गरेका थिए ।

 
महानगरीय प्रहरी परिसर काठमाडौंले बैंक र ग्राहक दुबैपक्षबाट यस्तो बदमासी भएको हुनसक्ने जनाएको छ । कुनै ग्राहकले हजार दरको एकलाख नगद जम्मा गर्ने क्रममा गड्डीभित्र यस्तो बदमासी गरेको हुन सक्छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?