काठमाडाैं । आगामी माघ २० गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपा एमालेले १९ सिटमै उम्मेदवारी दिने भएको छ ।
निर्वाचन आयोगले फागुन २० गतेबाट रिक्त हुन लागेका राष्ट्रियसभाका २० मध्ये १९ सिटमा माघ १२ गते निर्वाचन गर्दै छ । त्यसका लागि निर्वाचन आयोगले पुस २० गते अर्थात मंगलबार उम्मेदवारी मनोनयन गर्न समय तोकेको छ ।
उता ५ दलीय सत्ता गठबन्धनले मिलेर चुनाव लड्ने गरी सिट बाँडफाँड गरेका छन् । जसमा कांग्रेसले ६, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पाँच–पाँच, जनता समाजवादीले २ र राष्ट्रिय जनमोर्चाले एक सिटमा उम्मेदवारी दिनेगरी भागबण्डा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया