९ माघ २०७८, आईतवार

फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन नहुने गरि कानुन बन्नु दुर्भायपूर्णः कमल थापा

२०७५,जेष्ठ,२५,शुक्रवार १२:०९

0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन नहुने गरि नियमावली पारीत गरेर राजनीतिलाई अपराधिकरणतर्फ उन्मुख गराएको बताएका छन् । 
फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने कानुन बन्नु अत्यन्तै आपत्तिजनक र घोर भत्सर्नायोग्य भएको बताउँदै अध्यक्ष थापाले उक्त कानुन बन्नुले अपराधीकरणलाई प्रोत्साहन गर्ने, अपराधीहरु राजनीतिमा क्रियाशिल हुने भएकोले देश अराजकतातर्फ धकेलीने बताए ।

नेपालको विकास गर्न धर्म संस्कृतिलाई नष्ट गर्नु पर्दैन भन्ने वैचारिक कित्तामा राप्रपा अडिग भएको र धर्म संस्कृतिलाई नष्ट गर्नु पर्छ भन्ने वैचारिक कित्तामा नेपाल कम्युनिष्ट पार्टी भएकोले यही वैचारिक कित्ताबीच अब संर्घष हुने उनको धारणा थियो ।

अध्यक्ष थापाले कांग्रेसलाई पनि राप्रपाको कित्तामा आउन आह्वान गर्दै कांग्रेसले बेलैमा आफ्नो वैचारिक कित्ता स्पष्ट नगरे प्रजा परिषदको हैसियतमा पुग्ने औंल्याए ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको आयोजनामा हेटौंडामा आयोजित प्रदेश नं. ३ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपाको अबको बाटो भनेको संगठन निर्माण, जनपरिचालन र जनसंघर्ष रहेकोले सकृयतापूर्वक संगठन सुदृढीकरणमा केन्द्रित हुन युवाहरुलाई आग्रह गरे । अब निराशाको चरण समाप्त भइसकेको भन्दै अध्यक्ष थापाले गाउँगाउँमा संगठन विस्तारमा जुट्न सहभागि युवाहरुलाई निर्देशन दिए ।

भेलालाई सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले युवा पुस्ताको साथ सहयोग र समर्थन लिएर राष्ट्रियता, हिन्दुत्व, प्रजातन्त्र र आर्थिक समृद्धिको एजेन्डा लिएर राप्रपा आन्दोलनमा जाने स्पष्ट पारे ।

उपाध्यक्ष तामाङले आफु बुद्धिष्ट भएपनि देशको पहिचानको रक्षाको निमित्त हिन्दु राष्ट्रको पक्षमा रहेको बताए ।

कार्यक्रममा प्रदेश नं. ३ का सांसद रिता माझी, राप्रयुसंका अध्यक्ष प्रकाश रिमाल, युवा नेताहरु मधु अधिकारी, निरन्जन थापा, बिनोद भारती, शुक्र प्रजालगायतले सम्बोधन गरेका थिए । 

प्रकाशित मिति: २०७५,जेष्ठ,२५,शुक्रवार १२:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

ताजा समाचार

भारतबाट हुने आवतजावतमा रोक लगाइयो
 २०७८,माघ,९,आईतवार २०:२४