४ माघ २०७८, मंगलवार

कोरियाली भाषा परीक्षा शनिबारदेखि, ८२ हजार २६३ परीक्षार्थी सहभागी हुने

२०७५,जेष्ठ,२५,शुक्रवार ११:२३

0
Shares

काठमाडौँ । गणतन्त्र कोरियाका लागि रोजगार अनुमति प्रणाली(इपिएस) भाषा परीक्षा शनिबार र आइतबार हुने भएको छ । 

परीक्षामा ८२ हजार २६४ परीक्षार्थी सहभागी हुने इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए । परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आइसकेका छन् । बिहान १० बजेदेखि पहिलो चरण र अपराह्न २ बजेदेखि दोस्रो चरणमा सञ्चालन हुने परीक्षामा परीक्षार्थी तोकिएको समयभन्दा एक घण्टा अगावै उपस्थित नभए परीक्षामा सहभागी हुन नपाइने जानकारी उनले दिए । 

काठमाडौँमा १६, ललितपुरमा आठ र पोखरामा चार परीक्षा केन्द्र रहने छन् । परीक्षाको जिम्मा मात्र भाषा केन्द्रले लिएको छ भने परीक्षापछि उत्तरपुस्तिका कोरियाबाटै जाँच भई छनोटको काम हुनेछ । 

प्रकाशित मिति: २०७५,जेष्ठ,२५,शुक्रवार ११:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा करिब २ वर्ष यता कोरोना संक्रमणको कारण शिक्षा क्षेत्रमा ठूलो असर परेको छ । जसको कारण शैक्षिक

पर्वत । कोभिड–१९ को संक्रमण बढेसँगै देशभरका विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय पर्वतमा पनि कार्यान्वयन गर्न शिक्षा विकास तथा

काेभिड-१९ काे संक्रमण उकालाे लाग्न थालेपछि सरकारले आजदेखि आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरेकाे छ ।

जुम्ला । तिला गाउँपालिका–३ जुम्लास्थित सरस्वती प्राविधिक माध्यमिक विद्यालयका व्यवस्थापन समिति ९विव्यस०का अध्यक्ष दल गिरीले आफैले गरेको निर्णयविपरित काम गरेका

ताजा समाचार