राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धनको भागबन्डा मिल्यो

लोकपथ
861
Shares

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा भागबन्डा गर्न बसेको सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । गठबन्धन बैठकले राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबन्डा टुंग्याएको छ ।

सोमबार बिहान बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले राष्ट्रियसभामा रिक्त हुन लागेका सिटहरुमा भागबन्डा गरेको हो ।

जसअनुसार कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५–५, जसपाले २ र जनमोर्चाले १ सिट पाउनेछन् ।

आउँदो १२ माघमा राष्ट्रियसभाका १९ सदस्यका लागि हुन लागेको निर्वाचन हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?