पाँच उत्कृष्ठ खेलाडीबीच घम्साघम्सी, को बन्ला फिफा प्लेयर अफ दी इएर ?

फुटबलको महाकुम्भ फिफा विश्वकपको आयोजना रसियामा हुँदैछ ।

प्रतियोगिता सुरु हुन ६ दिनमात्र बाँकी रहदा सहभागी हुने टिम रसिया प्रस्थान हुने क्रम जारी छ । विश्वकप फुटबलमा छानिएका ३२ वटै टिमले तयारी अन्तिम चरणमा पुर्याएका छन् ।

यस अधि नै सवै देशले २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा पनि गरिसकेका छन् । ३२ राष्ट्रलाई आठ समूहमा विभाजित गरेर खेलाउन लागेको विश्वकपका खेल रसियाका विभिन्न शहरका १२ रंगशालामा हुनेछन् ।

विश्वकपअघि अन्तराष्ट्रिय फुटबल महासंघ फिफाले गत सिजनमा गरेको प्रदर्शनका आधारमा पाँच सर्वोत्कृष्ट खेलाडीको अवार्डका दाबेदारको सम्भावित नाम सार्वजनिक गरेको छ ।

विश्वकपमा गरेको प्रदर्शनको आधारमा एक जना उत्कृष्ठ खेलाडीलाई आगामी वर्षको फिफा प्लेयर अफ दी इएर घोषित गरिनेछ । 

लियोनल मेस्सी, अर्जेन्टिना 

अर्जेन्टिनी फरवार्ड लिओनल मेसी अहिलेका सर्वश्रेष्ठ फुटबल खेलाडी मानिन्छन् ।

सन् २०१४ विश्वकपको फाइनलमा अर्जेन्टिना जर्मनीसँग १–० ले पराजित भएको थियो । फाइनलमा पुगेर पनि पराजित हुदै उपाधी जित्नबाट बन्चित भएको पिडा अर्जेन्टिनाले अहिलेसम्म भुलेको छैन् ।

लगत्तै दुई वटा कोपा अमेरिका फाइनलमा पराजित भएपछि कप्तान लिओनल मेसीले संन्यासको घोषणा गरेका थिए । तर खेल समर्थक तथा शुभचिन्तकको आग्रहपछि संन्यास फिर्ता गरेका मेसीको सपना भनेको विश्वकपको ट्रफी उचाल्ने हुनेछ ।

२१ वर्षको उमेरमा बेलोन डी’ ओर अबार्ड जितेर तहल्का पिटेका मेसीको खेल शैली र क्षमताको कारण उनी वर्तमान पुस्ताका सर्वोत्कृष्ट खेलाडीको रुपमा दरिएका हुन् । ३० वर्षिय मेस्सी अर्जेन्टिनालाई  विश्व च्याम्पियन बनाउन खेलमा कुनै कसुर बाकी नराख्ने देखिन्छ ।

अर्जेन्टिनाले विश्वकपको पहिलो खेल आइसल्यान्डविरुद्ध खेल्नेछ । समूह ‘डी’ मा रहेको अर्जेन्टिनाले दोस्रो खेल क्रोसिया र अन्तिम खेल नाइजेरियासँग खेल्नेछ । 

क्रिस्टयानो रोनाल्डो, पोर्चुगल

अहिलेसम्म विश्वकपमा आफ्नो जादु देखाएर उपाधी जित्न नसकेपनि पोर्चुगलका स्ट्राइकर क्रिस्चियानो रोनाल्डो एक चर्चित फुटबलर हुन् ।

फिफा वर्ष खेलाडीे रोनाल्डोले चौथो पटक विश्वकप खेल्दै पोर्चुगललाई उपाधी दिलाउन चाहन्छन् । युरो २०१६ को उपाधि पोर्चुगलले उचाल्दा रोनाल्डोले प्रेरणादायी प्रदर्शन गरेका थिए । पोर्चुगलले समूह चरणको पहिलो खेल पुर्व च्याम्पियन स्पेन विरुद्ध खेलेर विश्वकप यात्रा सुरुवात गर्दैछ ।

युरोपियन च्याम्पियन पोर्चुगल र स्पेन बीचको खेल रोमान्चक हुने अपेक्षा गरिएको छ । समूह ‘बी’ मा रहेको पोर्चुगलले दोस्रो खेल मोरक्कोसँग तथा अन्तिम खेल इरानसँग खेल्दैछ ।

पहिलो खेल नै बलियो टिमसँग भएकाले पोर्चुगल र रोनाल्डोको भाग्य त्यहि खेलको प्रर्दशनले कोर्नेछ । 

नेइमार, ब्राजिल

सन् २०१४ मा घरेलु मैदानमा आयोजना भएको विश्वकप जित्ने ब्राजिलको सपना साकार हुन सकेन् ।

यस पटकको प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गदै ब्राजिल उपाधी जित्ने दाउमा छ । जर्मनीसँग सेमिफाइनलमा ७–१ गोलले पराजित भएको क्षण ब्राजिल र नेइमारले अहिलेसम्म भुल्न सकेका छैनन् । यसपटकको विश्वकपमा ब्राजिलको भरोसा विश्वकै महँगा सुपरस्टार खेलाडी नेइमारमाथि छ ।

गत सिजन फिफा वर्ष खेलाडीको तेस्रो बनेका नेइमार भर्खर चोटबाट फर्किएका छन् । गत साता उत्कृष्ट पुनरागमन गर्दै उनले गोल गरेका थिए । समूह ‘ई’ मा रहेको ब्राजिलले पहिलो खेल असार ३ गते स्विट्जरल्यान्डविरुद्ध खेल्नेछ ।

ब्राजिलले दोस्रो खेलमा ८ गते कोस्टारिका र १३ गते सर्वियासँग समुह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछ ।

थोमस मुल्लर, जर्मनी

सन् २०१० का गोल्डेन बुट विजेता थोमस मुल्लरले व्यक्तिगत र देशका लागि यसअघि नै धेरै उपलब्धि हासिल गरिसकेका छन् ।

उनले दक्षिण अफ्रिकामा सम्पन्न विश्वकपमा सो बुट जितेका हुन् । त्यतिबेला जर्मनीले तेस्रो स्थानमा चित्त बुझाए पनि गत सिजनमा विश्व च्याम्पियन बन्यो । उत्कृष्ट खेल कैशल प्रर्दशन गर्ने मुलर विश्वकपमा बढी गोल गर्ने खेलाडीमा पर्छन् ।

उनले १० गोल गरेका छन् । खेल जिबनको अन्त्यतिर आइपुगेका मुलरका लागि रसिया विश्वकप अर्को अवसर हो । मुल्लरले रसियामा हुने खेलमा कस्तो प्रदर्शन गर्नेछ त्यो भने हेर्न बाकी छ ।

समुह ‘एफ’ मा रहेको जर्मनीले पहिलो खेलमा मेक्सिकोसँग, दोस्रो खेल स्विडेन र अन्तिममा दक्षिण कोरियाविरुद्ध खेल खेल्ने कार्यक्रम रहेको छ । 

मोहम्मद सलेह, इजिप्ट

गत सिजन इंग्लिस क्लब लिभरपुलका लागि इजिप्टका फरवार्ड मोहम्मद सलेहले सानदार प्रदर्शन गरेका थिए ।

उनको उत्कृष्ट प्रदर्शनले लिभरपुले युइएफए च्याम्पियन्स लिगको फाइनलसम्मको यात्रा तय गरेको थियो । प्रिमियर लिगमा पनि सलेहले राम्रो प्रदर्शन गदै लिगमा ३६ खेल खेलेर ३२ गोल गरे ।

देशका लागि पनि उत्कृष्ट खेलेका सलेहले छनोटको अन्तिम खेलमा पेनाल्टीमार्फत गोल गदै  इजिप्टलाई २८ वर्षपछि विश्वकपमा पुर्याएको थियो ।

समुह ‘ए’ मा रहेको इजिप्टले उरुग्वे, आयोजक रसिया र साउदी अरेबियासँग खेल्नेछ । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?