लुम्बिनी विकास बैंकको संस्थापक सेयर लिलामी शुक्रबारदेखि

काठमाडौं । लुम्बिनी विकास बैंकले शुक्रबारदेखि संस्थापक समूहको ३ लाख ६४ हजार ८ सय ३६ दशमलव ४४ कित्ता सेयरमा लिलामी खुला गरेको छ ।

गत वैशाख २ देखि ९ गतेसम्म लिलामी मार्फत सेयर विक्री खुला गरेपनि बैंकले संस्थापक सेयर सबै विक्री नभएपश्चात दोस्रो पटक लिलामी खुल्ला गरेको हो । हालको लिलामीमा सर्वसाधारणले समेत आवेदन गर्न पाउनेछन् ।

बैंकको सेयर विक्री प्रबन्धक भिबोर क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले असार ८ गतेसम्म भिबोर क्यापिटल ट्रेड टावर थापाथलीबाट शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

लिलामी सेयरमा न्यूनतम १०० रुपैयाँदेखि बढाबढ मूल्यमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ता सेयरका लागि बोलपत्र पेश गर्न सकिने क्यापिटलले जनाएको छ ।

बैंकको सेयर मूल्य प्रतिकित्ता १५१ रूपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?