लागुऔषध चरेससहित एक युवक पक्राउ

लोकपथ
0
Shares

धनगढी । धनगढी विमानस्थलबाट प्रहरीले लागुऔषध चरेससहित एक युवकलाई पक्राउ गरेको छ ।

बैतडीको डिलासैनी गाउँपालिका–२ का २० वर्षीय सन्तोष बोहरा प्रकाउ परेका हुन् ।

धनगढीबाट काठमाडौं जाँदै गर्दा चेकजाँचका क्रममा उनलाई १६ ग्राम चरेससहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा बोहराले आफूले लागुऔषध सेवन गर्ने गरेको बयान दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?