न्यूनतम पारिश्रमिक लागू गराउन सरकारको  ध्यानाकर्षण

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुरेन्द्र पाण्डेले पत्रकारहरुलाई तोकिएको न्यूनतम पारिश्रमिक लागू गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेता पाण्डेले पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गराउन बनाइएको ऐन कार्यान्वयन गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘नयाँ बजेट र संचार क्षेत्र’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता पाण्डेले नेपालको संचार क्षेत्रलाई मर्यादित बनाउन पनि पत्रकारहरुलाई न्यूनतम पारिश्रमिकको व्यवस्था गर्नुको विकल्प नरहेको पनि स्मरण गराएका छन् । 

उनले पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गराउन बनाइएको ऐन कार्यान्वयन गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउँदै जनता पाउने सूचनाको अधिकारलाई हनन् हुन नदिन पनि पत्रकारहरुले जीविका चलाउन पुग्ने पारिश्रमिक पाउनुपर्ने बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?