६ माघ २०७८, बिहीवार

ब्ल्याकबेरी मोडलका पुराना मोबाइलले अब काम नगर्ने

२०७८,पुष,१९,सोमवार १२:२०

234
Shares

काठमाडौं । मंगलबार (भोलि) देखि ब्ल्याकबेरी मोडलका पुराना मोबाइलले काम नगर्ने भएका छन् । अब सबै क्लासिक मोडलका डिभाइसले सपोर्ट नगर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ब्ल्याकबेरी १०, ७.१ ओएस र त्यसअघिका मोडलले काम गर्ने छैनन् ।

यसको अर्थ एनड्रोइड सफ्टवेयरमा नचल्ने ब्ल्याकबेरीका सम्पूर्ण पुराना डिभाइसले डाटा प्रयोग नगर्ने, मेसेज टेक्स्ट मेसेज नपठाउने, इन्टरनेटको पहुँच नहुने र फोन गर्न मिल्नेछैनन् ।

अधिकांश मोबाइल प्रयोगकर्ताले ब्ल्याकबेरी चलाउन छोडेका छन् । यसको अन्तिम भर्जन भने सन् २०१३ मा लन्च गरिएको थियो ।

उद्यम र विश्वभरका सरकारहरुलाई सुरक्षित सफ्टवेयर र सेवा दिने प्रयासस्वरुप कम्पनीले गत वर्षको सेप्टेम्बरमा यस बारेमा घोषणा गरेको थियो ।

ब्ल्याकबेरी सन् २०१६ देखि नै फोन बजारबाट टाढा भएको थियो । तर, वर्षैंदेखि यसले विभिन्न फोन निर्मातालाई आफ्नो ब्रान्डमार्फत लाइसेन्स दिँदै आएको थियो । हालसालै उसले अनवार्डमोबिलिटीलाई लाइसेन्स दिएको थियो ।

ब्ल्याकबेरीका पुराना सेल फोन सन् १९९० र सन २००० को दशकमा निकै लोकप्रिय थिए ।

प्रकाशित मिति: २०७८,पुष,१९,सोमवार १२:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिहरुले आफ्नै घरमा छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने भएका छन् । घरायसी प्रयोजननका

काठमाडौं । लामो समयदेखि एस्टेरोयड(क्षुद्रग्रह)हरुलाई पृथ्वीका लागि खतराका रूपमा व्याख्या गरिँदै आइएको छ । यदि एस्टेरोयड पृथ्वीसँग ठोक्किए ठूलो प्रकोप

सिमकोट । सिमकोट हिल्दुम विद्युत वितरण केन्द्रले आफ्ना ग्राहकलाई एमपावर बिलिङ प्रणालीबाट हुम्लामा पहिलो पटक विद्युतीय (डिजिटल) भुक्तानी दिन सुरु

काठमाडौं । भायनेट कम्युनिकेसन्सले हालै विश्व प्रसिद्ध फिल्म निर्माण टोलीलाई ४५ दिनको अवधिको लागी १ जीबी डेडिकेटेड इन्टरनेट जडान प्रदान

ताजा समाचार

कांग्रेसमा प्रदेश सदस्यहरु मनोनित
 २०७८,माघ,६,बिहीवार २०:४०