यो सरकार पुजारी जस्तो हुँदै होइन  :  प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व गरेको सरकार पुजारी जस्तो नभएको बताएका छन् ।

मन्त्री तथा सचिवहरुलाई नीति तथा कार्यक्रम र बजेट कायान्वयन गर्न निर्देशन दिँदै प्रधानमन्त्री ओलीले यो सरकार बिहान उठ्ने मन्दिर जाने पुजा गर्ने र भोलि फेरि उही रित दोहोर्याउने किसीमको नभएको बताएका हुन् । प्रधानमन्त्री ओलीले देशलाई नयाँ ढंगले अघि बढाउने भन्दै वर्तमान सरकार विगतको निरन्तरता मात्रै नभएको दाबी गरे ।

विकासप्रति नयाँ दृष्टिकोण बनाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले असार २५ गते मन्त्रालयले बनाएको योजनामा व्यापक छलफल गरी साउन १ गतेबाट कार्यन्वयनको काममा गति दिन पनि मन्त्रीहरुको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री ओलीले बजेटमाथि असन्तुष्टि व्यक्त गर्नेहरुलाई कामबाटै जवाफ दिनुपर्ने बताएका थिए । उनले सरकार सुशासनमा दृढ रहेको उल्लेख गर्दै त्यसको प्रत्याभूति दिलाउने काममा प्रतिवद्ध भएर लाग्न पनि मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?