राष्ट्रियसभा निर्वाचनमा भागबन्डा गर्न बालुवाटारमा गठबन्धनको बैठक

लोकपथ
98
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी गठबन्धनको बैठकमा आसन्न राष्ट्रियसभा सदस्य निर्वाचन गरिने भागबन्डामा विषयमा छलफल भइरहेको छ ।

आउँदो १२ माघमा राष्ट्रिय सभाका १९ सदस्यका लागि हुन लागेको निर्वाचनमा गठबन्धनभित्रबाट भागबन्डा मिलाएर उम्मेदवारी दिने तयारी स्वरुप बैठक बसेको हो ।

कांग्रेसले १०, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) चार चार र जनता समाजवादी पार्टीलाई एक सिट दिने गरी भागबन्डा गरिन लागेको चर्चाकामाझ गठबन्धनको बैठक बसेको हो ।

मंगलबार उम्मेदवारी मनोनयन दर्ता गर्ने चुनावी कार्यतालिका रहेकाले अघिल्लो दिन सोमबार गठबन्धनको बैठक बसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?