धादिङको थाक्रेमा क्यानोनिङ महोत्सव हुँदै

थाक्रे । नेपाल क्यानोनिङ एसोसियसनले धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ मा रहेको रानी झर्नामा क्यानोनिङ महोत्सव गर्ने भएको छ । यही जेठ २५ र २६ गते  महोत्सव हुँदैछ । 

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले महोत्सव हुने ठाउँमा सबै आवश्यकताको पुरा गर्न सकियो भने भने मात्र पर्यटक आउने भन्दै यसका लागि राष्ट्रिय योजना आयोगले ध्यान दिने बताए। यस्तै थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले रानी झर्नामा पर्यटक आउने बातावरण बनाउन गाउँपालिका प्रतिवद्ध भएर लाग्ने बताए । 

रानी झरनाको बस्तु स्थिती अध्ययन गर्न क्यानोनियन एसोसियसन नेपालका पूर्व अध्यक्ष कर्ण बहादर लामा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कडेंल ट्रेकिङ एसोसियन नेपालका पूर्व अध्यक्ष चन्द्र प्रसाद रिजाल बरिष्ठ पर्यटन ब्यवसायि राम प्रसाद सापकोटा, प्रतिनिधी सभा सभाषद भुमी त्रिपाठी, थाक्रे गाँउपालिकाका अध्यक्ष रामकुमार आचार्य, सिद्धलेक गाँउपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल, समाजसेवि नेत्रराज पौडेल, नेपाल पर्यटन बोर्डका सदस्य पुर्ण बहादुर कुँवर लगायत रानि झरना पुगी बस्तु स्थितीको अध्ययन गरेको छ ।

प्रत्येक वर्ष क्यानोनिङ महोत्सव आयोजना गर्दै आएको एसोसियसनले यस वर्ष धादिङको थाक्रेमा महोत्सव आयोजना गर्न लागेको जनाएको छ । महोत्सवलाई नै लक्षित गरेर एसोसियसनले  जेठ २० गतेदेखी ५ दिनको क्यानोनिङ गाइड तालिम समेत सञ्चालन गर्न लागेको छ । महोत्सवमा २१ जनालाई आधारभुत तालिम दिईने छ । महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्यानोन, पर्यटन व्यवसायी लगायतको सहभागीता रहनेछ ।

एसोसियसनले सन् २०११ मा पहिलोपटक क्यानोनिङ महोत्सव रन्देभू आयोजना गरेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?