सिन्धुपाल्चोकका निर्माण ब्यवसायी भण्डारी पक्राउ

चौतारा । सिन्धुपाल्चोक सदरमुकाम चौताराबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता धर्मराज भण्डारी पक्राउ परेका छन् ।

ठेक्कापट्टा ब्यवसायमा समेत संलग्न भण्डारीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले शुक्रवार दिउँसो चौतरा बजारक्षेत्रबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार, लामोसाँगु–जिरी सडक खण्डको निर्माण कार्य समयमा नै सम्पन्न नगरी आलटाल गर्दै आएको अभियोगमा उनी पक्राउ परेका हुन ।

भण्डारी सञ्चालक रहेको निर्माण कम्पनीले सडक समयमा नै निर्माण गर्न नसक्दा सर्वसाधारण मर्कामा परेका छन् ।

सिन्धुपाल्चोकका प्रहरी प्रमुख मोहनप्रसाद पोखरेलले भण्डारीलाई सडक ठेक्काको विषयमा बुझ्न पक्राउ गरिएको जानकारी दिए ।  तर,भण्डारीलाई रिहाइको माग गर्दै नेकपाका केन्द्रिय तथा स्थानीय नेताहरुले प्रहरीलाई दवाव दिइरहेको बताइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?