महाधिवेशनको म्याद थपिदिन निर्वाचन आयोगलाई राजपाको आग्रह

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले ६ महिनाका लागि महाधिवेशनको म्याद थपि दिन निर्वाचन आयोगलाई आग्रह गर्ने भएको छ ।

आज विहान ११ बजे बसेको अध्यक्ष मण्डलको बैठकले महाधिवेशनको म्याद ६ महिना थपिदिन आग्रह गरेको हो ।

राजपा नेपालको विधानको धारा २२ उपधारा १० मा राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रिय महादिवेसन १ वर्षभित्र गरिने उल्लेख थियो ।

विधानमा उल्लेख भएअनुसार सो सम्बन्धमा १ वर्षभित्र महाधिवेसन सम्पन्न गर्न अनुरोध गर्दै निर्वाचन आयोगले राजपालाई पत्र काटेको छ । पत्रमा एक वर्षभित्र महाधिवेसन सम्पन्न गरी आयोगलाई  जानकारी  गराउन निर्देशन दिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?