आरजु राणाले भाजपा विदेश विभाग प्रमुखलाई भेटेपछि भीम रावलको यस्तो टिप्पणी

लोकपथ
0
Shares

एमाले नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजुर राणा देउवाले भाजपा विदेश विभागका प्रमुखाई भेटेको विषयमा टिप्पणी गरेका छन् । उनले के अब नेपालको परराष्ट्र मामिलामा श्रीमान् र श्रीमती मामिला, स्वार्थ र प्रवृत्तिको प्रवेश हुन लागेको हो ? भनेर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन् ।

‘श्रीमती आरजू राणा देउवाको भाजपाका विदेश विभाग प्रमुखसँग नयाँ दिल्लीमा वार्ताको समाचार आयो,
के अब नेपालको परराष्ट्र मामिलामा श्रीमान् र श्रीमती मामिला, स्वार्थ र प्रवृत्तिको प्रवेश हुनलागेको हो ?’, उनले ट्वीटरमा टिप्पणी गरेका छन् ।
भारतको निजी भ्रमणमा रहेकी राणाले आइतबार बिजेपी बिदेश बिभाग प्रमुख बिजय चौथाइवालेसँग भेटवार्ता गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?