सेन्ट्रल फाईनान्सको लिलामी शेयर बाडफाँड

काठमाडौं । सेन्ट्रल फाइनान्सले तेस्रो पटक लिलामिमा राखेको संस्थापक शेयर बाँडफाँड गरेको छ । 

गत जेठ २१ गतेसम्म शिलबन्दी बोलपत्र मार्फत फाइनान्सले ९ लाख ८१ हजार ७ सय ८ कित्ता संस्थापक शेयर बिक्री गरेको हो । 

फाईनान्सको लिलामी शेयर प्रति कित्ता १ सय ११ रुपैयाँ सम्म मूल्य तोक्नेले प्राप्त गरेका छन् । 

लिलामी शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ वा सो भन्दा बढी मूल्यमा न्यूनतम एक सय कित्तादेखि दश कित्ताको गुणाङ्कमा अधिकतम कित्ताका लागि माग गर्न सकिने व्यवस्था थियो ।

त्यस्तै चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा फाइनान्सले चार करोड ५३ लाख खुद नाफा आर्जन गरेको थियो । फाइनान्सले प्रतिशेयर आम्दानी ६ रूपैयाँ ७४ पैसा कायम गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?