एनआईसी एशिया बैंकले ११ प्रतिशत व्याजदरको ऋणपत्र निष्काशन गर्दै

काठमाडौं । एनआईसी एशिया बैंकले ११ प्रतिशत व्याज दिने ऋणपत्र निष्काशन गर्ने भएको छ । 

नबिल इन्भेष्टमेण्ट बैंकिङलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्दै एशिया बैंकले ११ प्रतिशत व्याज दिने ऋणपत्र निष्काशन गर्न लागेको हो ।

ऋणपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमा एनआईसी एशिया बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यस अघि ९ प्रतिशत व्याज दरको तीन अर्बको ऋणपत्र निष्काशन गरेको बैंकले एक अर्ब ८१ करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले ऋण पत्रको व्याज ६, ६ महिनामा प्रदान गर्ने जनाएको छ ।

त्यस्तै ऋणपत्रको ८० प्रतिशत अर्थात एक अर्ब ४६ करोड ४० लाख व्यक्तिगत र २० प्रतिशत अर्थात ३६ करोड ६० लाख सर्वसाधारणका लागि छुट्याईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?