राजपाका केन्द्रीय सचिव लामाको मृत्यु

राजेन्द्र महतोले नेतृत्व गरेको राष्ट्रिय जनता पार्टीका केन्द्रीय सचिव तेन्जी लामाको करेन्ट लागेर मृत्यु भएको छ । 
इटहरी २० तरहरास्थित आफ्नै घरको बाथरुममा नुहाउने क्रममा करेन्ट लागेर घाइते भएका लामाको उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान लैजादै गर्दा बाटोमा मृत्यु भएको तरहरा प्रहरी चौकीले जनाएको छ ।

लामा पछिल्लो समय बिभिन्न घटनाहरुमा मुछिएका बिवादित नेता पनि हुन् । तरहरामा गुण्डाको उपनाम पाइसकेका उनी केही समय अघि तरुण दलका युवा नेता शिजन गुरुङसंग मिलेर तरहरा भवानीपुरकी तिर्थकुमारी गिरीको जग्गा हडपेको आरोप पनि लागेको थियो । सोही बिवादकै कारण् अहिले नेता गुरुङ प्रहरी हिरासतमा छन् ।

अहिले लामाको शव बिपि प्रतिस्ठानमा राखिएको छ । उनको दाहसंस्कारका लागि पार्टीका बिभिन्न जिल्ला स्तरीय नेताहरुको उपस्थिती भइसकेको छ भने  पार्टीका अध्यक्ष राजेन्द्र महतो सहित  केन्द्रीय नेताहरुको पनि उपस्थिती रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?