दीक्षा भइन् मिसेस् नेपाल (फोटो फिचर)

काठमाडौँकी २४ बर्षीया दीक्षा केसीले मिसेस् नेपाल वर्ल्ड २०२१ को उपाधि हात पारेकी छिन् । मिसेस् वर्ल्डको फ्रेन्चाइज लिएर आयोजना गरिएको यो प्रतियोगिताकी विजेता केसीले आगामी वर्ष सन् २०२२ मा अमेरिकामा आयोजना हुने मिसेस् वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता गर्ने छिन् ।


यो सौन्दर्य प्रतियोगितामा अभिनेत्री उषा रजकले मिसेस् नेपाल इन्टरनेसनलको उपाधि हात पारिन् भने पविता गिरीले एमएस इन्टरनेसनलको उपाधि हात पार्न सफल भइन् । अब उषा र पविताले आगामी वर्ष सिंगापुरमा आयोजना हुने प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछन् ।


मिसेस् वर्ल्डको फ्रेन्चाइज लिएर पहिलो पटक आयोजना गरिएको यो प्रतियोगितामा अभिनेत्री गौरी मल्ललाई मानार्थ एमएस नेपालको उपाधि प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?