रोजगारीको अवसर सृजनापछि मात्र पूँजी बजार विस्तारः अर्थमन्त्री खतिवडा

काठमाडौं । सरकारले मुलुकलाई आत्मनिर्भर बनाउन मुलुक भित्रकै पूँजी परिचालन गर्ने नीति लिएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । 

शुक्रबार नेपाल धितोपत्र बार्डको २६ औँ वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले मुलुक भित्रै आयआर्जन बढाउँदै रोजगारीको अवसर सृजना गरेर मात्रै पूँजी बजारलाई विस्तार गर्न सकिने स्पष्ट पारे । 

मुलुक भित्रकै बैंकको लगानी बढाएर पूँजी बजारका लगानीकर्ताहरुलाई न्याय गर्न लगिएको बताउँदै मन्त्री खतिवडाले सेयर सम्बन्धी कारोबारलाई विद्युतीय प्रणालीबाट सञ्चालन गर्न ढिलाई नगर्न पनि नेपाल धिलोपत्र बोर्डलाई निर्देशन दिए । 

उनले ऋण पत्र बजारलाई व्यवस्थित बनाउन पनि सरकारले विद्युतीय प्रणालीलाई व्यवस्थित बनाउन चाहेको पनि स्पष्ट पारे ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पूँजी बजारलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड दिनुपर्ने बाताउँदै पूँजी बजारको रफ्तार बढेपनि त्यसलाई व्यवस्थित बनाउन विशेष ध्यान दिने स्पष्ट पारे । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?