माओवादी केन्द्रले तीन आयोगमा पुरानै नेतृत्वलाई जिम्मेवारी दिने

लोकपथ
140
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनले तीनवटा आयोगमा पुरानै नेतृत्वलाई निरन्तरता दिएको छ ।

आइतबार भएको बन्दसत्रले विधानअनुसारका तीन आयोगमा पुरानै नेतृत्वलाई पुनः जिम्मेवारी दिने निर्णय गरेको हो ।

अनुशासन आयोगको अध्यक्षमा टंक राई, लेखा आयोगको अध्यक्षमा पेशल खतिवडा र निर्वाचन आयोगको अध्यक्षमा विष्णु पुकार श्रेष्ठलाई जिम्मेवारी दिने प्रस्तावलाई बन्दसत्रले अनुमोदन गरेको छ ।

योसँगै जारी महाधिवेशनमा माओवादी केन्द्रको नेतृत्व चयन प्रक्रियाअन्तर्गत सबैभन्दा पहिला तीन आयोगको नेतृत्व टुंगिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?