हालेप र स्टेफेन्स फ्रेन्च ओपनको उपाधीका लागी आमने—सामने हुने, नाडाल र डेल पोर्टो सेमिफाइनलमा प्रवेश

विश्व नम्बर एक सिमोना हालेप र अमेरिकी स्लोन स्टेफेन्स जारी फ्रेन्च ओपन टेनिसको उपाधीका लागी भिड्ने भएका छन् । 

बिहीबारराती भएको महिला एकलतर्फको पहिलो सेमिफाइनलमा रोमानियाकी हालेपले स्पेनी गार्बिन मुगुरुजालाई दुई—शुन्यको सोझो सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेकी हुन् । खेलको पहिलो सेट ६—१ ले जितेकी हालेपलाई दोस्रो सेटमा भने मुगुरुजाले निकै कडा टक्कर दिएकी थिइन् ।

उनले दोस्रो सेट ६—४ ले आफ्नो पक्षमा पादै पहिलो ग्राण्डस्लामको उपाधी जित्ने सम्भाबनालाई बलियो बनाउन सफल भइन् । हालेप सन् २०१४ र २०१७ को फ्रेन्च ओपन टेनिसको फाइनलमा पराजित हुदै उपाधी जित्नबाट बन्चित भएकी थिइन् ।

त्यस्तै, बिहिबारराती नै भएको अर्को सेमिफाइनल खेलमा अमेरिकी स्लोन स्टेफेनले आफ्नै देशकी माडिसन् किलाई ६—४ र ६—४ को सोझो सेटमा हराउदै फाइनलको यात्रा तय गरिन् । यता पुरुष एकलतर्फको खेलमा स्पेन राफेल नाडालले अर्जेटिनी डिएगो स्वाटर्जम्यानलाई ३—१ को निकै प्रतिस्पर्धात्मक सेटमा हराउदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

यता अर्जेटिनी जुवान मार्टिन डेल पोर्टोले क्रोशियाका मारिन सिलिकलाई ३—१ को सेटमा हराउदै अधिल्लो चरणको यात्रा तय गरे । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?