नयाँ वर्षमा ‘सहारा’ एपको नयाँ योजना : यात्रु र चालकलाई ५ लाखको बीमा

अजोड इन्स्योरेन्ससँग सम्झौता, शून्य प्रतिशत कमिशन

लोकपथ
63
Shares

काठमाडाैं । राइड सेयरिङ एप सहाराले अंग्रेजी नयाँ वर्षको अवसरमा यात्रु तथा सहारा पार्टनरको ६ लाख रुपैयाँको बीमा योजना ल्याएको छ ।

यात्रु तथा पार्टनरका लागि ५ लाखको दुर्घटना र १ लाख रुपैयाँको उपचार बीमा गर्ने सम्बन्धमा सहाराले अजोड इन्स्योरेन्ससँग सम्झौता गरेको छ ।

शुक्रबार एक कार्यक्रमका बीच सहारा एपका तर्फबाट अध्यक्ष शेखर श्रेष्ठ र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले बीमासम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता हस्ताक्षर भएकै दिनदेखि सहाराका पार्टनर तथा यात्रुहरुको बीमा सुरु भएको अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए ।
No description available.
सम्झौताअनुसार यो योजना सहारा एपबाट राइड रिक्वेस्ट पठाएर यात्रा गर्ने यात्रु र चालक दुवैको हकमा लागू हुनेछ ।

यात्रु र सहारा पार्टनर दुवैको राइड सुनिश्चित र सुरक्षित बनाउने उदेश्यका साथ सहाराले अजोड इन्स्योरेन्ससँग दुई वर्षका लागि बीमा सम्झौता गरेको कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए ।

पार्टनर र यात्रु दुवैले बीमा सुविधाबाट सुरक्षित हुने भएको भन्दै कम्पनीका अध्यक्ष श्रेष्ठले ढुक्क भएर सहाराको सेवा लिन आग्रह गरेका छन् । सहारा एपमार्फत दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनको माध्यमबाट तत्काल चाहेको गन्तव्यमा पुग्न सकिने श्रेष्ठले जानकारी दिए ।

शून्य प्रतिशत कमिशन

यसैगरी सहाराले अंग्रेजी नयाँ वर्षदेखि आफ्ना पार्टनरहरुबाट कुनै किसिमको कमिसन नलिने घोषणा गरेको छ । बजारमा राइडर तथा पार्टनरहरुले कम्पनीलाई २० प्रतिशतसम्म कमिसन बुझाउनुपरिरहेको अवस्थालाई ध्यानमा राखेर यात्रुलाई गन्तव्यमा पुर्याउँदा संकलन हुने सबै रकम पार्टनरलाई दिने उद्देश्यले यस्तो व्यवस्था गरिएको श्रेष्ठले बताए ।

No description available.

उनका अनुसार यो व्यवस्था ६ महिनासम्मका लागि लागू हुनेछ । यात्रुहरुले गुगल प्ले तथा एप्पलको एपस्टोरबाट सहारा एप डाउनलोड गरेर सेवा लिन सक्नेछन् भने चालकहरुले गुगल प्लेबाट सहारा पार्टनर नामक एप डाउनलोड गरेर सहारामा दर्ता भई सेवा दिन सक्नेछन् ।

एप बिजनेस ग्रोथ कम्पनी प्रालिले सञ्चालनमा ल्याएको सहारा एप राइड सेयरिङको दुनियाँमा आफूलाई स्थापित गराउन सफल भइसकेको छ । एपको प्रयोगकर्ता बढिरहेकाले दैनिक सयौँका संख्यामा राइडरहरु थपिरहेको कम्पनीले जनाएको छ ।

एक लाखभन्दा बढी प्रयोगकर्ता रहेको सहारा एपकामा झण्डै २० हजार पार्टनरहरु आबद्ध छन् । सहाराले पार्टनर तथा यात्रुहरुलाई सजिलो र सस्तो मूल्यमा सेवा उपलब्ध गराउनुका साथै समय–समयमा विभिन्न किसिमका अफरहरु समेत सञ्चालन गर्दै आइरहेको छ ।

सहारा एप डाउनलोड गर्नका लागि यहाँ क्लिक गर्न सकिन्छ भने पार्टनर एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुपर्ने हुन्छ ।
सहारा डाउनलोड लिंक –

https://play.google.com/store/apps/details?id=com.businessgrowthcompany.superapp

https://apps.apple.com/np/app/sahara-nepal/id1576198596

सहारा पार्टनर डाउनलोड लिंक –

https://play.google.com/store/apps/details?id=com.businessgrowthcompany.superapprider

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?