काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालले पार्टीका सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहाई गराउन सरकारलाई दबाब दिने भएको छ ।
पार्टीको अध्यक्षमण्डल बैठकले ज्यान मार्ने अभियोग अन्तरगत जेल चलान भएका कैलाली क्षेत्र नम्बर १ प्रत्यक्षतर्फका सांसद चौधरीलाई तत्काल रिहा गर्न सरकारलाई दबाब दिन लागेको हो ।
सांसद चौंधरीको रिहा गरी सपथको व्यवस्था गर्न पनि सरकारलाई पुनः दवाव दिनु परेको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिए ।
टीकापुर घटनाको आरोपमा आफ्ना कार्यकर्तामाथि लगाइएको झूटा मुद्दा तत्काल फिर्ता गर्न पनि राष्ट्रिय जनता पार्टी नेपालले सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ । बैठकमा संविधान संशोधन कहिले गर्ने भनि सरकारको आधिकारिक धारणा माग गर्ने विषयमा पनि छलफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया