मैत्रिपूर्ण खेलमा इंग्ल्याण्ड, पोर्चुगल र उरुग्वे विजयी

फिफा विश्वकपको अन्तिम तयारीमा रहेको इंल्याण्डले कोस्टारिका विरुद्धको मैत्रिपूर्ण खेलमा जित हात पारेको छ । 

आफ्नो घरेलु एलान्ड रोडमा बिहीबारराती भएको खेलमा इंग्ल्याण्डले कोस्टारिकालाई २—० गोल अन्तरले पराजित गरेको हो । खेल सुरु भएको १३ मिनेट पनि बित्न नपाउदै इंग्ल्याण्डका लागी मार्कुस रासफोर्डले पहिलो गोल गदै टिमलाई सुरुवाती अग्रता दिलाए ।

खेलको पहिलो हाफसम्म १—० गोल अन्तरको अग्रता लिएको इंग्ल्याण्डले दोस्रो हाफमा पुन गोल गर्न सफल भयो । सब्सिच्युड डेनी वेलबेकले खेलको ७६ औं मिनेटमा गरेको हेडगोल गदै खेललाई २—० को अग्रता दिलाए ।

निर्धारित ९० मिनेटको समयसम्म कोस्टारिकाले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेनन् र खेलमा पराजय ब्यहोरर्यो । विश्वकपको समूह जी मा इंग्ल्याण्ड बेल्जियम, पानामा र ट्युनिसिया छन् । 

त्यस्तै, बिहीबार राति नै भएको अर्को मैत्रीपूर्ण खेलमा पोर्चुगलले अल्जेरियालाई ३—० गोल अन्तरले हरायो ।

पोर्चुगलका लागी गोन्कालो गुडेसले २ गोल गरे । सिल्भाको क्रसमा गुडेसले पहिलो गोल गरे । उनले खेलको १७ औ र ५५ औ मिनेटमा दुई गोल गरेका थिए । ३७ औ मिनेटमा बुर्नो फर्नाण्डेजले गोल गरे ।

पोर्चुगलले जुन १५ मा स्पेनबिरुद्धको खेलसँगै विश्वकप यात्रा सुरुवात गर्नेछ । बिहीबारराती नै भएको आइसल्याण्ड र घानाविचको खेल २—२ गोलको बराबरीमा रोकिएको छ । यता बोलिभियाले दक्षिण कोरियालाई गोलरहित बराबरीमा रोकेको छ । यता उरुग्वेले उज्बेकिस्तालाई ३—० गोलले हराएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?