काठमाडौं । नेकपा माओवादी केन्द्रको निर्वाचन तालिका तेस्रो पटक संशोधन भएको छ । यसअघि दिउँसो २ बजेदेखि उम्मेदवारी मनोनयन दर्ता र साँझ साढे ६ बजेदेखि मतदान गर्ने कार्यक्रम थियो ।
अहिले तेस्रो पटक सारेर दिउँसो ४ बजेका लागि निर्वाचनको संशोधित कार्यतालिका सार्वजनिक गरिएको हो । सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा प्रतिनिधिहरुको जोड छ ।
पुस ११ गतेदेखि जारी माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र जारी छ ।
शनिबारदेखि नेतृत्व चयनको लागि निर्वाचन आयोगले कार्यतालिका प्रकाशन गरे पनि एकाएक कार्यतालिकाअनुसारको प्रक्रिया रोकी सहमतिमा पार्टी केन्द्रीय कमिटी घोषणाको लागि छलफल अगाडि बढाइएको छ ।
चुनावी प्रक्रियाबाट सिंगो केन्द्रीय कमिटी र पार्टी नेतृत्वको चयन गर्नुपर्ने मत पनि बन्दसत्रमा उठेको भए पनि बढीभन्दा बढी प्रतिनिधिहरुले भने पार्टीलाई सुदृढ र एकताबद्ध बनाउनका लागि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया